मधेस प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीद्वारा राजीनामा

लोकपथ
0
Shares
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का चार मन्त्रीले राजीनामा दिएका छन् ।

एमाले संसदीय दलको निर्देशनअनुसार श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले शुक्रबार राजीनामा दिएका हुन् ।

चारै जना मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा पत्र बुझाएको एमालेका प्रमुख सचेतक हरिनारायण महतोले जानकारी दिए ।

मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धन सरकार रहेको छ ।

एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले सरकार गठनका क्रममा भएको सहमति कार्यान्वयन नभएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् ।

उनका अनुसार सहमति कार्यान्वयन नभएकाले एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?