काठमाडौं । नेपालमा प्रिमियम इलेक्ट्रिक मोबिलिटीलाई थप सुलभ बनाउने उद्देश्यले आयोनले ‘The Extraordinary Offer’ नामक विशेष अफर सार्वजनिक गरेको छ।
सीमित अवधिका लागि लागू हुने यो अफर अन्तर्गत ग्राहकहरूले आयोन गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस अफरको उद्देश्य प्रिमियम इलेक्ट्रिक गाडीहरुलाई अझ सुलभ बनाउनुका साथै नेपालको स्वच्छ र दिगो भविष्य निर्माणतर्फको आयोनको दृष्टिकोणलाई सुदृढ गर्नु रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार मूल्य छुटको अतिरिक्त ग्राहकहरूले अन्य थप सुविधा पनि प्राप्त गर्नेछन् । अफर अन्तर्गत ग्राहकहरूले ६.६४ प्रतिशतको न्यूनतम ब्याजदरमा ऋण सुविधा, ४८ कार्यघण्टाभित्र ऋण प्रक्रिया सम्पन्न र ७ वर्षसम्मको ऋण अवधि पाउनेछन् ।
साथै, प्रत्येक खरिदमा ६.६ किलोवाटको होम चार्जर र ३.३ किलोवाटको ट्राभल चार्जर, एक वर्षको सवारी कर र बीमा उपलब्ध हुनेछ ।
साथसाथै, आकर्षक एक्सचेन्ज बोनस र ब्ल्याक एण्ड डेक्केर ब्रान्डको भ्याकुम क्लिनर तथा कार वासर पनि उपहार स्वरूप प्रदान गरिनेछ ।
पछिल्ला दिनहरुमा आयोनका इलेक्ट्रिक गाडीहरू नेपालमा भविष्यमुखी डिजाइन र प्रविधिको प्रतीकका रूपमा स्थापित भइरहेको कम्पनीको दाबी रहेको छ ।
यो नयाँ अफरमार्फत सीजी मोटर्सले सवारीसाधन मात्र होइन, विद्युतीय यात्रासँग जोडिएको जीवनशैलीको सहजता पनि प्रदान गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया