काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी सिद्धान्तविपरीत अभिव्यक्ति दिन नेताकार्यकर्तालाई प्रतिबन्ध लगाएको छ।
पार्टीको प्रचार विभाग प्रमुख तथा राप्रपा प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा नीति, विचार, र सिद्धान्तविपरीत कुनै पनि अभिव्यक्ति नदिन आग्रह गरिएको छ ।
पछिल्लो समय अध्यक्ष राजेन्द्र लिङ्देनको आलोचना गर्दै कतिपय नेताले सार्वजनिक रुपमा असहमति जनाएपछि पार्टीले यो कदम चालेको हो ।
अनुशासन समितिले समेत यस्ता अभिव्यक्तिमा रोक लगाउने निर्देशन दिएको छ । यसैक्रममा अध्यक्ष लिङ्देनले शुक्रबार मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष तथा केन्द्रीय सदस्य पदबाट हटाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया