काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) को संक्षिप्त सूचीमा ५ जना परेका छन् ।
सीईओको लागि आवेदन दिएका १० जनामध्ये संक्षिप्त सूचीमा ५ जना परेका हुन् ।
संक्षिप्त सूचीमा झापाका चूडामणि चापागाईँ, सर्लाहीका नारद कुमार लुइँटेल, इलामका पूर्णबहादुर आचार्य, नुवाकोटका बद्रीप्रसाद प्याकुरेल र पाल्पाका हेमन्त बस्याल परेका छन् ।
छनोट सूचीमा परेका आवेदकहरूलाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि चैत ६ गते बिहान ९:०० बजे अर्थ मन्त्रालयमा उपस्थित भई अन्तर्वार्तामा सहभागिता जनाउन अनुरोध गरिएको छ।
उनीहरूले आफ्नो नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभव पुष्टि गर्ने आवश्यक कागजातहरूसमेत पेस गर्नुपर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया