बाजुरामा ट्याक्टर दुर्घटना हुँदा बुवाको मृत्यु, छोरा घाइते

लोकपथ
231
Shares

काठमाडौं । बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ चिराल्नामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने उनका १२ वर्षीय छोरा घाइते भएका छन् । दुर्घटनामा बुढिगंगा नगरपालिका–४ खोलालवाडाका ३२ वर्षीय चालक पदम रावतको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार आइतबार राति बुढिगंगातर्फ जाँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर कच्ची सडकमा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो । ट्याक्टरको ट्रालीमुनि च्यापिएर उनको ज्यान गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

ट्याक्टरमा सवार उनका १२ वर्षीय छोरा शमशेर रावत घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने ट्याक्टरमा रहेका अन्य दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?