नुवाकोट । यशोदादेवी भगवान सिंह मेमोरियल ट्रस्ट र नेपाल रेडक्रस सोसाइटी खानीगाउँ उपशाखाको संयुक्त आयोजनामा लिखु गापा १ ढिकुरेमा बृहत् स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
शनिबार भएको स्वास्थ्य शिविरमा ९ सय जनाले स्वास्थ्य सेवा लिएको यशोदादेवी भगवान सिंह मेमोरियल ट्रस्टका सहसचिव सरोज केसीले जानकारी दिए ।
केसीका अनुसार स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गरिएका सबैलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो । त्यस्तै सोही स्थानमा भएको रक्तदान कार्यक्रममा २१ जना रक्तदाताहरुले रक्तदान समेत गरेका थिए ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी ढिकुरे उपशाखाका अध्यक्ष प्रकाश ढकालको सभापतित्व, ट्रस्टका प्रमुख संरक्षक समेत रहेका नेता केसीको प्रमुख आतिथ्यता एवं ट्रस्टका अध्यक्ष डा केदार नरसिंह केसी, ट्रस्टका महासचिव संविधानसभा सदस्य जगदिश्वरनरसिंह केसी, जिसस प्रमुख रजिन्द्रबिक्रम ठकुरी, लिखु गापा अध्यक्ष ध्रुब श्रेष्ठ, वडा नं १ का अध्यक्ष नरहरि पान्डे, वडा नं ३ का अध्यक्ष राम पुलामी, जिल्ला रेडक्रस अध्यक्ष हरि श्रेष्ठ लगायत स्थानीय जनप्रतिनिधि लगायत स्थानीयको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
यशोदादेवी भगवान सिंह मेमोरियल ट्रस्ट पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको स्वर्गीय मातापिताको नाममा स्थापित गरिएको हो ।
त्यसो त ट्रस्टले विभिन्न समयमा सामाजिक कामहरु गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया