काठमाडौं । जेष्ठ नागरिकका लागि रावा बैंकले रावा बैंक समृद्धि बचन खाता खोल्ने कार्यक्रम सञ्चालन गरेको छ ।
आज (बिहीवार)देखि रावा बैंकले समृद्धिसँग जोडौ नाताः सबै नेपालीको बैंकमा खाता ‘खोलौ बैंक खाता अभियान –२०७६’ सञ्चालन गरेको हो ।
राष्ट्रिय वाणिज्य बैक लिमिटेडको सहकार्य र अग्रज समाज नेपालको आयोजनामा काठमाडौं मिनभवन स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा जेष्ठ नागरिकहरुको लागि रावा बैंक समृद्धि बचत खाता खोल्ने कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत टेकराज जोशीले जेष्ठ नागरिक उद्धबबहादुर थापालाई चेकबुक हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
रावा बैंक समृद्धि बचत खाता खोल्दा बैंकको तर्फबाट रु.१००।– खातामै जम्मा गरिने छ । सो कार्यक्रममा अग्रज समाज नेपालका केन्द्रीय अध्यक्ष महाप्रसाद पराजुली, बैंकका ब्रान्च अपरेशन विभागका निमित्त विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, शाखा कार्यालय नयां बानेश्वरका प्रवन्धक राजेन्द्र आचार्य, उप प्रवन्धक जितेन्द्रसिंह थापा समेतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया