काठमाडौं । मुक्तिनाथ विकास बैंकले साना तथा मझौला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एसएमई महोत्सव’ सञ्चालनमा ल्याएको छ । बैंकले लक्ष्मीपूजाको अवसर पारेर कात्तिक २२ गतेदेखि सुरु गरेको यो अभियान आगामी पुस मसान्तसम्म सञ्चालन हुनेछ ।
महोत्सवअन्तर्गत बैंकले व्यवसायी तथा उद्यमीलाई विशेष कर्जा सुविधा उपलब्ध गराएको छ । यस योजनाअनुसार अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको व्यवसाय कर्जा मुक्तिनाथ विकास बैंकमा स्वाप गर्दा आधार दरमै शून्य प्रतिशत प्रिमियममा कर्जा लिन सकिने बैंकले जनाएको छ ।
बैंकका अनुसार यस योजनाले व्यवसायीलाई सहज, सरल र प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराउनुका साथै वित्तीय व्यवस्थापन र व्यवसाय विस्तारमा सहयोग पुर्याउनेछ ।
विशेषगरी साना तथा मझौला उद्यमीलाई लक्षित गरी ल्याइएको यस अभियानले व्यवसाय सञ्चालन तथा विस्तारका लागि आवश्यक वित्तीय स्रोतमा पहुँच बढाउने बैंकको विश्वास छ ।
ग्राहकको आवश्यकता, व्यवसायको सम्भावना र उद्यमशीलताको प्रवर्द्धनलाई प्राथमिकता दिँदै विभिन्न वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले ‘एसएमई महोत्सव’लाई उद्यमशीलता विकास र ग्राहकसँगको सम्बन्ध सुदृढ बनाउने प्रयासका रूपमा लिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया