४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

लोकपथ
322
Shares

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ।

हिजो छापावाला सुनप्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४७५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?