दुई समितिको बैठक बस्दै

लोकपथ
42
Shares

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाको दुई वटा समितिको बैठकहरू बस्ने भएका छन् ।

संसद सचिवालय सिंहदबारमा आज (सोमबार) प्रतिनिधिसभा अन्र्तगतको महिला तथा सामाजिक मामिला समिति र राष्ट्रिय सभा अन्र्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बोलाइएको हो ।

संसद सचिवालयका अनुसार बिहान ११ बजेका लागि दुबै बैठक बोलाइएको छ । महिला तथा सामाजिक मामिला समितिको बैठकमा सिड समिति सम्बन्धमा पूर्व उपसभामुख तथा पूर्व प्रतिनिधिसभा सदस्य पुष्पा भुसालको प्रस्तुती रहनेछ ।

त्यसमाथि बैठकमा छलफल हुने सचिवालयले जनाएको छ । दुवै समितिको बैठक आ–आफ्नै सभाकक्षमा बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?