प्रतिनिधिसभा बैठक बस्दै

लोकपथ
56
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो ३ बजे बोलाइएको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुने कार्यसूची छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल संशोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ ।

साथै सो विधेयकमाथि छलफल भएपछि त्यसमा आएका संशोधनहरू निर्णयार्थ प्रस्तुत गरी आजै विधेयक पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?