दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय किसानको हितमा छैन : सांसद बस्नेत

लोकपथ
49
Shares

काठमाडौं । सांसद महेश बस्नेतले दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय किसानको हित विपरित रहेको भन्दै निर्णय सच्याउन माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विषेश समयमा उनले बोर्ड खारेज गर्नुपर्ने आवश्यकताबारे ठोस जवाफ दिन सरकारसंग मागे । उनले भने ‘दुध विकास बोर्डलाई खारेज गर्नु पर्ने अवस्था किन ? यो निर्णय किसान विरोधी छ । राष्ट्रको अहितमा गरिएको कार्य हो । ’

त्यस्तै बोर्ड खारेज गर्ने निर्णयसंगै कपास विकास समिति खारेज गर्ने निर्णय निर्णय समेत फिर्ता लिन उनको माग छ । ‘यसरी गरिएको निर्णयलाई जसरी निर्वाचन आयोग खारेजी गर्ने प्रस्तावलाई फिर्ता लिनु भयो त्यसरी नै यो प्रस्ताव पनि फिर्ता लिनु पर्छ । त्यसै गरी बाँकेको कपास विकास समितीलाई खारेज गर्न प्रस्ताव गरिएको छ । यो के उदेश्यले गरियो । ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?