काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चा गठनका लागि बैठक जारी रहेको छ ।
बैठकमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आगामी समाजवादी मोर्चा बनाउनका लागि नेताहरुबीच पछिल्लो समय निकै दौडधुप चलिरहेको छ ।
समाजवादी मोर्चामा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा एकता अभियानका संयोजक वामदेव गौतमलाई समेट्ने विषयमा छलफल हुने बताएको छ ।
समाजवादी मोर्चाको ड्राफ्ट तयार गर्न माओवादी प्रवक्ता कृष्णबहादुर महरा, जसपा नेता राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया