काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चा गठनका लागि आफूहरु छलफलमै रहेको बताएका छन् ।
माओवादी केन्द्रसहित ४ दल समाजवादी मोर्चामा सहभागि हुने बताइएको थियो । लामो समयदेखि समाजवादी मोर्चा बनाउने तयारी भने पनि भट्टराईको पार्टी भने तत्काल त्यसमा सामेलन हुने चर्चा चलिरहेको छ । तर आज प्रधानमन्त्री समते रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा सो विषयमा समेत कुराकानी भएको डा. भट्टराईले बताएका छन् ।
आफूहरु छलफलमै रहेकोले बाहिर आएका कुराहरु सत्य नभएको बताए ।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानकालागि वृहद समाजवादी मोर्चा निर्माण गर्न विचार,नीति,कार्यक्रम,संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षवीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी! बाहिर चलेका हल्लामा नबग्न सबैसंग आग्रह ।’
त्यस्तै प्रधानमन्त्रीसँग आजको भेटमा हालैको प्रधानमन्त्रीको भारत भ्रमण, संघीय बजेट, टीआरसी विधेयक लगायतका विषयमा समेत छलफल भएको बताए ।
‘प्रम पुष्पकमल दाहाल प्रचण्डसंग हालैको भारत भ्रमण,संघीय बजेट, TRC लगायतका शान्तिप्रकृयाका बाकककी कार्यभार,प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विहंगम कुराकानी ।’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया