विधान अधिवेशनको तयारी गर्न जसपाले बोलायो केन्द्रीय समितिको बैठक

लोकपथ
28
Shares

जनता समाजवादी पाटी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । असार ९ गतेका लागि बैठक बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

विधान अधिवेशनको तयारी गर्न बैठक बोलाइएको उनको भनाइ छ । बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र सङ्गठनहरुले पठाएको सुझावहरु समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुने छ ।

केन्द्रीय समिति सदस्यहरुलाई पार्टी कार्यालयमा बिहान १० बजे उपस्थित हुन भनिएको छ ।
जसपाले असार १०, ११ र १२ गते काठमाण्डौमा विधान अधिवेशन गर्दै छ । विभिन्न समिति र सङ्गठनबाट गरी ७७८ जना प्रतिनिधिहरु विधान अधिवेशनमा सहभागि हुँदै छन्, जसमध्ये ४२३ जना केन्द्रीय समिति सदस्यहरु रहेका छन् ।
केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकोले जसपाका यी ४२३ जना केन्द्रीय सदस्यहरु स्वतः विधान अधिवेशनका प्रतिनिधि हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?