‘अखण्ड भारत’को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन एमालेको माग

लोकपथ
63
Shares

काठमाडौं । नेकपा एमालेले ‘अखण्ड भारत’को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन माग गरेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले भारतले आफ्नो नयाँ संसदमा भवनमा राखेको ‘अखण्ड भारत’को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन माग गरेको हो ।

सांसद पन्तले भारतलाई कूटनीतिक नोट पठाएर संसदलाई जानकारी गराउन  माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?