काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी र कांग्रेस नेता बालकृष्ण खाँणको पक्षमा प्रतिरक्षा बहस गर्ने अधिवक्ताहरूविरुद्ध नाराबाजी भएको छ ।
नेत्रविक्रम चन्द्र ‘विप्लव ’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्रतिवादीको पक्षमा बहस गर्ने वकिलहरु विरुद्ध नाराबाजी गरेको हो ।
बुधबार सो प्रकरणका आरोपितहरूको प्रतिरक्षा बहस चलिरहेको बेला जिल्ला अदालत, काठमाडौं परिसरमा नाराबाजी गर्दै उनीहरु पुगेका थिए । नाराबाजी गर्ने १३ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया