मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा- कमल थापा

लोकपथ
0
Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा पर्ने चेतावनी दिएका छन् । राष्ट्रियता कमजोर भएको र बिदेशी हस्तक्षेप बढेर गएको भन्दै उनले यथास्थितिबाटै मुलुक रहिरहने हो भने दुर्घटना अबश्यम्भाबी भएको जिकिर गरे ।

सोमबार काठमाडौंका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै थापाले बजेटले कुनै आशाको किरण दिन नसकेको बताए । उनले मुलुकको जर्जर आर्थिक अबस्थालाई बजेटले सम्बोधन गर्न नसकेकोमा आलोचना गरे । सस्तो लोकप्रियता र तालीको लागि भन्दा मुलुकको समस्याको दिगो समाधान तर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा थापाको जोड थियो ।

कार्यक्रममा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, बागमती प्रदेश इन्चार्ज माधब खत्री ,काठमाडौं अध्यक्ष श्याम घिमिरे लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?