काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले केही नयाँ गर्न खोजेको स्पष्ट पारेका छन् ।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री डा. महतले विनियोजन विधेयकमाथि उठेका सवालको जवाफ दिँदै सो कुरा बताएका हुन् ।
गत जेठ १५ गते अर्थमन्त्री डा. महतले बजेट प्रस्तुत गरेपछि त्यसयता १५० बढी सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए ।
बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको लामो खण्डनले आफूले नयाँ काम गर्न खोजेकोतर्फ संकेत गरे ।
‘विपक्षी दलका नेताले २ घण्टा लामो आफ्नो धारणा दिनुभयो । आफ्नो केही महत्वपूर्ण कुरा छन् । यसले केही नयाँ कुरा गर्न खोजेको छ । होइन भने स्वंय विपक्षी दलका नेताले दुई घण्टा उभिएर खण्डन गर्नु हुने थिएन ।’ उनले भने ।
एक धक्काले समस्याको समाधान गर्न नसक्ने स्पष्ट पारे । त्यस्तै आफूले बजेट सुधारको प्रस्ताव राखेको बताए ।
त्यस्तै कनिका छरेको जस्तो बजेट छर्ने प्रवृत्ति रोक्न खोजे पनि त्यसो हुन नसकेको स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया