काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल अध्यापन पेशामा फर्किएका छन् ।
पूर्वमन्त्री समेत रहेका नेता रिजालले नयाँ बानेश्वरस्थित एपेक्स कलेजमा अध्यापन गराउन शुरु गरेको जानकारी गराएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता रिजालले १९ वर्षपछि आफू अध्यापन पेशामा फर्किएको बताए ।
‘सुखद अनुभव, १९ वर्ष पछि नियमित रुपमा पढाउन थालें। अब हरेक आइतवार बिहान ८-१० बजे Apex College मा पढाउने छु।’ उनले भनेका छन् ।
नेता रिजाल कांग्रेस भित्र प्रखर वक्ताका रुपमा परिचित छन् । हाल उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया