काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एकातिर, सिद्धान्त–प्राथमिकता अर्कोतिर र बजेट झनै अर्कोतिर भएको टिप्पणी गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि बोल्दै पूर्व अर्थमन्त्री पौडेलले नीति तथा कार्यक्रममा उल्लेख गरिएका विषयमा बजेट व्यवस्था नै नभएको बताएका हुन् ।
पौडेलले हिउँदमा ३० युनिट र वर्षा याममा ५० युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध गराउने नीति तथा कार्यक्रमको घोषणालाई बजेटले अस्वीकार गरेको बताएका छन् ।
‘यसरी सिद्धान्त र प्राथमिकतासँग, नीति कार्यक्रमसँग बजेट अन्तरसम्बन्ध हुँदैन भने नीति तथा कार्यक्रम प्रस्तुत गर्ने धर्म निर्वाह किन गर्नुपर्यो । यो बजेटले मुलुकको अर्थतन्त्रलाई चिन्न पनि सकेको छैन र मुलुकको निम्ति कुनै दृष्टिकोण पनि दिन सकेको छैन । बजेटले मुलुकमा विद्यमान समस्या समाधानका लागि कुनै दृष्टिकोण पनि दिन सकेको छैन । बजेटले मुलुकमा विद्यमान आर्थिक अवस्थालाई बेवास्ता गरेको छ । अर्थतन्त्रका समस्या र चुनौती ठिक ढङ्गले पहिचान गर्न समाधानका उपायहरू अघि सार्न सकेको छैन ।’ पौडेलले भने ।
त्यस्तै, पौडेलले तुलनात्मक रुपमा कम किलोवाट क्षमतामा र सार्वजनिक विद्युतीय गाडीको भन्सार तथा अन्तशुल्क बढाउने र महंगा विद्युतीय गाडीको भन्सार तथा अन्त शुल्क घटाउने निर्णयको औचित्य पुष्टि गर्न माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया