नेसपाको केन्द्रीय समिति बैठक आज सकिँदै

लोकपथ
14
Shares

नेपाल समाजवादी पार्टी, (नेसपा) को बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक आज सम्पन्न हुने भएको छ । भक्तपुरमा जारी बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने अध्यक्ष डा बाबुराम भट्टराईले जानकारी दिए ।

बैठकमा अध्यक्ष डा भट्टराईले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । ‘अबको राष्ट्रको सङ्कल्प नयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले सुझाव दिइरहेका छन् । यसका साथै साङ्गठनिक प्रस्ताव पनि बैठकमा पेस भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?