यमाहा रे–जेड आरको नयाँ मोडल सार्वजनिक

लोकपथ
1k
Shares

काठमाडौं । गोर्खा कामना अटो इन्टरप्राइजेज प्रालि (यमाहा डिलर) ले यमाहाकाे नयाँ मोडल रे–जेड आर हाइब्रिड–१२५ बजारमा ल्याएकाे छ ।

एक समारोहकाबीच काठमाडौं महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीले काठमाडौंको रातोपुलमा उक्त नयाँ मोडलको उद्घाटन गरेका हुन् ।

उक्त मोडललाई बजारमा ग्राहकहरुले मन पराइरहेको प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ ।

ग्राहकहरुको मनोभावना बुझेर थप परिस्कृत रुपमा बजारमा नयाँ मोडल ल्याउन सफल भएको कम्पनीको दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?