प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी १५ वटा राँगा मात्रै : ओली

लोकपथ
70
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी १५ वटा राँगा मात्रै भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै ओलीले १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धी हासिल नभएको दाबी गरेका छन् । ‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरु कुरा त प्रधानमन्त्रीज्यू, प्रमाणित गर्नुपर्छ’ उनले भने ।

प्रचण्डको भारत भ्रमणले बङ्गलादेश जाने बाटोसँग लिपुलेक लिम्पियाधुरा सट्टापट्टा गर्ने कुरा आएको दाबी गरेका छन् ।बङ्गलादेशसम्म आवागमन हुने बाटो अहिले पनि चलिरहेको र कसैले पनि बाटो प्रयोग गर्न नरोकिएको उल्लेख गरे । सीमा विवाद समाधानको बङ्गलादेश मोडेल ठिक नरहेको बताउँदै उनीहरुले आफ्नो छुटेको जग्गा आपसमा लेनदेन गरे पनि नेपाल र भारतबीच जमिन सट्टा पट्टा हुन नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?