राष्ट्रियसभाको बैठक ३ बजे बस्ने

लोकपथ
49
Shares
sf7df8f}F, % df3 M /fli6«o;ef a}7s /fli6«o;efsf] laxLaf/sf] a}7sdf ;xefuL ;b:ox? . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । राष्ट्रियसभाको आज १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवस दिउँसो ३ बजे बस्ने भएको छ ।

संसद भवनमा टाँस गरिएको सूचनामा सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्वका विषयमा जानकारी गराउने कार्यसूची थियो ।

प्रधानमन्त्री दाहाल प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नोत्तरमा व्यस्त रहनुभएकाले राष्ट्रियसभाको बैठक सारिएको हो । राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले दिउँसो २ बजे सूचना टाँस गरी बैठक ३ बजे बैठक बस्ने जानकारी गराएका हुन् । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?