काठमाडौं । आममाफी पाएर जेलमुक्त भएका पूर्व सांसद रेशम चौधरी टिकापुर घटनामा मारिएका बालक टेकबहादुर साउदको घरमा पुगेका छन् ।
सोमबार रिहा भए लगत्तै गृहजिल्ला कैलाली पुगेका चौधरी साउदको घरमा पुगेर न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
२०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा भएको आन्दोलनका क्रममा साढे २ वर्षका बालक साउदसहित ७ सुरक्षाकर्मीको हत्या भएको थियो । उक्त घटनाको योजनाकार रहेको भन्दै चौधरी पक्राउ गरेका थिए । यसअघि कैलाली जिल्ला अदालत र दिपायल उच्च अदालतले उनलाई दोषी ठहर गरेको थियो । भने सर्वोच्चले जेठ २ गते सोही फैसला कायम गर्दै उनलाई आजिबन काराबासको सजाय सुनाएको थियो । तर गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट आम माफी पाई चौधरी रिहा भएका हुन् ।
उनी रिहा भएलगत्तै आफूले टिकापुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन पहल गर्ने बताएका थिए । साथै लाल आयोगको प्रतिवेदन सार्वजनिक भएमा घटनाको थप तथ्य बाहिर आउने बताउँदै आएका छन् ।
मंगलबार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी उनकी पत्नी रञ्जिता चौधरीसहित स्वर्गीय साउदको घरमा पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया