काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि २० मिनेटका लागि स्थगित प्रतिनिधि सभाको बैठक ३ बजेपछि मात्रै बस्ने भएको छ ।
बैठक शुरु हुने बित्तिकै एमालेले अवरोध गरेपछि २० मिनेटका लागि बैठक स्थगित भएको थियो ।
एमालेसँग सभामुखको छलफल गरिरहेका छन् । संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै ३ बजेमात्र बैठक बस्ने जानकारी गराएको छ ।
जेठ १० गतेको बैठकमा माओवादी सांसद लेखनाथ दाहालले तत्कालिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा पशुपतिको जलहरी लगाउने क्रममा भ्रष्टाचार गरेको आरोप लगाएका थिए । सोही विषयमा आपत्ति जनाउँदै एमालेले सदन अवरुद्ध गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया