काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी आज सदनमा उपस्थित भएका छन् । गत पुस ३ गते आफ्नै घरमा ग्यास लिक भएर आगलागीमा परी घाइते भएका सांसद भण्डारी आज पहिलो पटक संसदमा बोलेका हुन् ।
सदनमा बोल्दै उनले ग्यास तथा विजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न सरकारसँग माग गरेका छन् ।
सांसद भण्डारीले सडक लेन क्रस गर्नेदेखि घरमा ग्यास र विलुली कसरी चलाउने भन्ने शिक्षा विद्यालयको पाठ्यक्रममा नै समावेश गर्नुपर्ने बताएका हुन् । जलनमा परेर अघिल्लो वर्ष ११० र यो वर्ष आफ्नो आमासहित १११ जनाको मृत्यु भएको भन्दै उनले यसलाई गम्भीर रुपमा लिनुपर्ने बताएका हुन् ।
कांग्रेस सांसद भण्डारीले जलनको उपचार गर्ने कीर्तिपुर र सुष्मा कोइराला मेमोरियल अस्पतालमा भवन आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया