काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले जनताको मागलाई बेवास्ता गरेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सांसदहरुले जनताका विभिन्न समस्याला उठान गरेपनि सरकारले भने बेवास्ता गरेको बताएका हुन् ।
उनले पशु चौपायामा लाग्ने लम्पी स्कीन रोगका कारण किसान मारमा परेको र २ सय भन्दा बढी गाईको मृत्यु भइसक्दापनि सरकारले ध्यान नदिएको बताएका हुन् ।
‘सरकारको आँखा र कान छ भने पटक पटक सो संसदमा लम्पी स्कीन रोगका बारेमा पटक पटक माननीयज्यूहरुले कुरा राख्नुभयो, मैले पनि पटक पटक विषय राखेँ । मकवानपुरमा २ सय भन्दा बढी गाईहरू यो रोगबाट मरिसके । ५ हजारभन्दा बढी गाईहरू सङ्क्रमित छन् । देशका धेरै भागहरूमा यसको असर छ । पटक पटक भनियो, सरकार देख्दैन, सरकार सुन्दैन ।’ उनले भने ।
उनले यो समस्या समाधानमा, पीडित गाईपालक किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया