काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नीति तथा कार्यक्रममा उल्लेख गरिएको ‘जनयुद्ध’ शब्दप्रति आपत्ति जनाएका छन् ।
सोमबार नीति तथा कार्यक्रममाथि छलफलका लागि बसेको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद भट्टराईले आपत्ति जनाएका हुन् ।
उनले गणतन्त्र आएपछि सरकारी कुनै पनि डकुमेन्टमा जनयुद्ध शब्द नलेखिएको भन्दै उक्त नीति तथा कार्यक्रमको पहिलो नम्बर बुँदामा रहेको शब्दप्रति आपत्ति जनाएका हुन् ।
‘जनयुद्धलाई कांग्रेसले स्वीकार गर्छ भने कांग्रेसलाई इतिहासले बाइबाई गर्छ ।’ उनले भने ।
त्यस्तै अहिलेको नीति तथा कार्यक्रमले देशलाई गति दिन नसक्ने बताए ।
अहिले गठबन्धनले परराष्ट्र नीति स्पष्ट नपारेको बताए ।
यसअघि आइतबारको बैठकमा एमाले संसदीय दलका नेता समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने भनाइमा सहमति जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया