काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।
जेठ १ गतेबाट शुरु भएको बैठक विभिन्न १७ वटा निर्णय गर्दै आज सकिएको हो ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले सबै केन्द्रीय तहका नेताहरुलाई भूगोलकेन्द्रीत जिम्मेवारी दिने निर्णय गरेको छ । त्यस्तै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउनेहरुलाई कारबाही चलाउन माग गरेको छ ।
‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउन गरिएको राज्यशक्तिको दुरुपयोग केवल अंकको भ्रष्टाचार मात्र होइन ।त्यसैले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनबमोजिम आकर्षित हुने राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत किर्ते लगायतका कसुरमा कारबाही चलाउन राप्रपा जोडदार माग गर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै ०४६ पछिका उच्च पदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीहरुको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
त्यस्तै बैठकले राप्रपाका हरेक समिति र तहहरुमा महिलालाई कम्तिमा ३३ प्रतिशत र ४० वर्ष मुनिका युवाका लागि निश्चित संख्यामा प्रतिनिधित्व सुनिश्चित गरिने निर्णय भएको छ ।
त्यस्तै राप्रपाले सरकारी वेचनधारी कर्मचारीको संगठन नबनाउने र विद्यार्थी संगठनलाई गैरराजनीतिक बनाउने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया