प्रधानमन्त्री प्रचण्डले बोलाए गठबन्धनको बैठक

लोकपथ
21
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० दलीय गठबन्धनको बैठक आह्वान गरेका छन् ।

आगामी नीति तथा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्रीले बैठक आह्वान गरेको उनका प्रेस संयोजक सूर्य किरणले लोकपथलाई जानकारी दिए ।

‘प्रधानमन्त्री ज्यूले बैठक आह्वान गर्नुभएको छ ।’ उनले भने, ‘बैठकमा आगामी नीति तथा कार्यक्रमबारे छलफल हुनेछ ।’

बैठक साढे २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?