१४ वर्षीया किशोरीलाई जबरजस्ती गर्ने पक्राउ

लोकपथ
91
Shares

काठमाडौं । भक्तपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

१४ वर्षीया २ जना किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-२ बस्ने २२ वर्षीय कर्मा तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

भक्तपुर नगरपालिका-१० कमलबिनायकस्थित एक होटलमा ती किशोरीलाई पुर्‍याई विभिन्न प्रलोभन पारी ललाई फकाई शुक्रबार राति जरबजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?