बारा-२ मा ४५ प्रतिशत मात्रै मत खस्यो

लोकपथ
224
Shares

काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर २ मा ४५ प्रतिशत मत खसेको छ । दिउँसो ४ बजेसम्मको अपडेट अनुसार बारा क्षेत्र नम्बर २ मा ४५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

स्थानीय प्रहरी प्रशासनले बारामा हालसम्म शान्तिपूर्ण ढंगले मतदान सञ्चालन भईरहेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

बारा –२ मा महागढीमाई र पचरौता नगरपालिका सहित ५ वटा स्थानीय तहका ४४ वटा वडाहरु छन् । जसमा ८२ मतदानस्थल, १३७ मतदान केन्द्र र एकलाख ५ हजार २५८ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?