काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त एआईजीहरुको पदस्थापन भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हालै बढुवा भएका ४ एआईजीहरुको पदस्थापन गरेको हो ।
एआईजी दीपक थापाले प्रशासन विभाग, श्यामलाल ज्ञवालीले उपत्यका प्रहरी कार्यालय, टेक प्रसादराईले प्रहरी प्रशिक्षण प्रतिष्ठान र किरण बज्राचार्यले केन्द्रीय अनुसन्धान ब्युरोको जिम्मेवारी पाएको गृह मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया