बंगलादेशसँग नेपालको बराबरी

लोकपथ
98
Shares

काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ ।आफ्नो चौंथो तथा आफ्नो अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको हो ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको खेलमा नेपालका लागि सेनु परियारले सुरवाती अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा नेपालले बराबरीमा रोकिएको हो । खेलको ७५ औं मिनेटमा सागोरिकाले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याइन् ।

यस बराबरीसँगै नेपाल ४ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ ।

बंगलादेशले ४ खेलमा ७ अंक जोडेको छ । रसिया ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?