काठमाडौं । विराटनगरमा प्रहरी र कोशी नामकरणको विरोधमा रहेको समूहबीच झडप भएको छ । कोशी नामकरणको विरोधमा रहेको समूहले आन्दोलन चर्काएपछि स्थीती नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगा हान्न थालेपछि प्रहरीले लाठीचार्ज पनि गरेको छ । अस्पताल अगाडी प्रदर्शन गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । हालसम्म घटनामा कोही घाइते भए नभएको विवरण नआइसकेको जिप्रका मोरङले जनाएको छ ।
गत ५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा मृत्यु भएपछि आन्दोलन झनै चर्किएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया