काठमाडौं । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेर चैत ७ गते पक्राउ परेका ३ जना कारागार चलान भएका छन् ।प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेपछि पक्राउ परेका उनीहरुलाई ५ हजार धरौटी तोकिएको थियो ।
पक्राउ पर्नेमा सोलुखुम्बुका उद्धव बस्नेत, बागलुङका सोम शर्मा र बझाङका विप्लव खड्का रहेका छन् ।
धरौटी नबुझाएपछि उनीहरुलाई केन्द्रीय कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्टले लोकपथलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया