सन्दीपका वकिलले दिए निवेदन, मुद्दाको सुनुवाइ स्थगित

लोकपथ
154
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेका कानून व्यवसायीहरुले मुद्दाको सुनुवाइ स्थगित गर्न निवेदन दिएका छन्।सोमबारदेखि जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा अन्तिम सुनुवाइका लागि पेशी चढेको थियो।

सन्दीपलाई थुनामा पठाउनुपर्छ भन्ने आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा फेरि त्यो मुद्दाको पेशी परेको भन्दै उनीहरुले इजलासको ध्यानाकर्षण गराएका हुन् ।

जिल्ला अदालत काठमाडौंले पनि प्रतिवादीका कानुन व्यवसायीले मुद्दा हटाएको जनाएको छ।

न्यायाधीश माधव घिमिरेले नै कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका थिए। उनको आदेश उच्च अदालतले बदर गरेको थियो।

सन्दीपविरूद्ध गत भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?