काठमाडौं । निर्वाचन आयोगले नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवा गर्न अनुमति दिएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आचारसंहिताका कारण सरुवा बढुवा रोकिएको थियो । त्यसपछि गृह मन्त्रालयले निर्वाचन आयोगसँग अनुमति मागेको थियो । बिहिबार आयोगबाट बढुवा सिफारिस गर्न अनुमति आएको गृह मन्त्रालयले जनाएको छ ।
प्रहरीमा ५ वटा प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पद रिक्त छ ।
प्रहरी नायव महानिरीक्षक (डिआईजी) बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य बढुवाको प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया