राष्ट्रपति निर्वाचनमा ओलीले गरे मतदान

लोकपथ
21
Shares
sf7df8f}F, @% kmfu’gM dtbfg ub}{ cWoIf cf]nL g]skf-Pdfn]_sf cWoIf Pj+ k”j{k|fwfgdGqL s]kL zdf{ cf]nL ;+3Lo ;+;b ejg gofFafg]Zj/df laxLaf/ /fi6«klt kbsf pDd]bjf/nfO{ dtbfg ug'{x’Fb} . tl:a/ /Tg >]i7÷/f;;

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनमा मतदान गरेका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घी संसद् मतदान केन्द्रमा पार्टी अध्यक्ष एवं सङ्घीय सांसद ओलीले केहीबेरअघि मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीसँग उनले आज निर्वाचित हुने नयाँ राष्ट्रपतिले मुलुकको सार्वभौमसत्ता र स्वाधीनता कायम राख्दै राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताए ।

उनले भने, “नयाँ निर्वाचित हुने राष्ट्रपतिले आफ्नो सानो समूहको हित हेर्ने हैन । देशप्रति बफादार भएर काम गर्नुपर्छ ।” उनले अघिल्ला दुई राष्ट्रपतिको भूमिकाको प्रशंसासमेत गरे ।

उनले भने, “वर्तमान राष्ट्रपतिको भूमिकालाई अङ्क दिनपरे सय दिन्छु । उहाँले राम्रो काम गर्नुभएको छ”, उनले थपे, “अघिल्ला दुई राष्ट्रपतिले आफ्नो कार्यकालमा राम्रो काम गर्नुभयो । अहिलेको व्यवस्था र प्रणालीलाई मन नपराउने र आफ्नो स्वार्थमा लाग्ने समूहले मात्र विरोध गरेका हुन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?