राप्रपा बैठक : राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने मत बलियो

लोकपथ
63
Shares
file photo

काठमाडौं । राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिररहेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो २ बजेबाट जारी बैठकमा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने सुझावहरु आइरहेका छन् ।

हालसम्म २१ जनाले आ–आफ्नो धारणा राखिसकेका छन् । जसमध्ये धेरैको तटस्थ बस्ने सुझाव रहेको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार सबैको कुरा सुनिसकेपछि अन्तिममा अध्यक्षले बोल्ने र निर्णय हुनेछ ।

भोलि राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपति निर्वाचनमा एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङ र ८ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?