गोविन्द भट्टराईलाई देउवाले भने– ‘तपाइँ चुनाव जितेर आउनुपर्छ’

लोकपथ
196
Shares

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेससहित ८ दलीय गठबन्धनको तर्फबाट रामचन्द्र पौडेल उम्मेदवार बनेसँगै उनको निर्वाचन क्षेत्र खाली हुने भएको छ ।

उनले राष्ट्रपतिको चुनाव जितेमा तनहुँ क्षेत्र नं २ मा उपनिर्वाचन गर्नुपर्ने हुन्छ ।

सोही सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उपनिर्वाचनमा जितेर आउनुपर्छ भन्दै सुझाव दिएका छन् ।

सोमबार बिहान नेता भट्टराईले सभापति देउवासँग भेटघाटको तस्बिर सार्वजनिक गरेका थिए ।

आफूले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई बनाएकोमा धन्यवादसहित पूरानो गठबन्धन ब्यूत्याएको धन्यवाद दिन देउवा निवास धुम्बाराही पुगेको लोकपथसँग बताए । सो क्रममा सभापति देउवाले तपाइँ अब चुनाव जितेर आउनुपर्छ भन्दै तयारीमा लाग्न आग्रह गरेको देउवाको भनाई उदृत गर्दै उनले जानकारी दिए ।

‘विभिन्न विषयमा छलफलका लागि म सभापतिलाई भेट्न गएको थिएँ । उहाँले अब हुने उपनिर्वाचनमा तपाइँ जितेर आउनुपर्छ भन्नुभयो ।’ देउवाको भनाइ उद्धृत गर्दै भट्टराईले लोकपथसँग भने ।

सो क्रममा आफूले आफ्नो जिल्लाबासी नेता र प्रजातन्त्रका लागि लडेका नेता पौडेल भएका कारण उहाँ र तनहूँका जनतामाथि न्याय भएको भन्दै धन्यवाद समेत व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?