काठमाडौं । निर्वाचन आयोग नेपालले राष्ट्रपतिको निर्वाचनको तयारी थालेको छ ।
आगामी फागुन २९ गते वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिँदैछ ।
त्यसअघि नै नयाँ राष्ट्रपति चुन्ने विषयमा आयोगले छलफललाई तिव्रता दिएको छ ।
सोही विषयमा छलफल गर्न आयोगका प्रमुख आयुक्तसहित आयुक्तहरुको बैठक जारी छ ।
आजको बैठकले निर्वाचनको मितिबारे निर्णय गर्ने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।
‘राष्ट्रपति निर्वाचनको मिति तय गर्नमा लागि बैठक बसेको छ ।’ उनले भने ।
उपयुक्त मितिमा राष्ट्रिपतिको निर्वाचनको मिति तोकिने उनले बताए ।
‘उपयुक्त समयमा मिति तोकिनेछ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया