अमेरिकी उपविदेशमन्त्री नुल्यान्डले भेटिन् प्रधानमन्त्री प्रचण्ड

लोकपथ
35
Shares

काठमाडौं । अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेकी छिन् ।

आइतबार साँझ नेपाल आइपुगेकी नुल्यान्डले सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटघाट गरेकी हुन् ।

भेटघाटमा नेपाल र अमेरिकाको द्वीदेशीय सम्बन्धका विषयमा छलफल भएको थियो । साथै प्रधानमन्त्री प्रचण्डलाई बधाई तथा शुभकामना समेत व्यक्त गरेकी थिइन् ।

उनले नेपालपछि भारत र श्रीलंकाको भ्रमण गर्नेछिन् ।

उनी नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन्।

सोमबार साँझ नेपाल आइपुगेकी उनले आजबाट राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?