प्रतिनिधिसभा उपसभामुखको निर्वाचन हुँदै, यस्तो छ कार्यसूची

लोकपथ
0
Shares
sf7df8f}F, % df3M k|ltlglw;ef a}7s k|ltlglw;efsf] laxLaf/ a;]sf] a}7sdf ;xefuL k|wfgdGqL k’iksdn bfxfn…k|r08Ú pkk|wfgdGqLx?,ljleGg bnsf zLif{ g]tfx?nufot ;f+;b . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज मतदान हुँदैछ । प्रतिनिधि सभाको चौथो बैठकमा उपसभामुखको चयन गर्न मतदान हुन लागेकोे हो । बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।

बैठकमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभाको उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धन र विपक्षी गठबन्धनले छुट्टाछुट्टै उम्मेदवार बनाएका छन् ।

बैठकमा सत्ता गठबन्धनको तर्फबाट सांसद सोबिता गौतमले इन्दिरा रानालाई प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित गरियोस भनेर प्रस्ताव गर्ने र एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्रप्रसाद लिङ्देनले समर्थन गर्ने कार्यसूची रहेको छ ।

यस्तै, प्रतिपक्षी दलका तर्फबाट बद्रीप्रसाद पाण्डेले मुक्ताकुमारी यादवलाई प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित गरियोस भनेर प्रस्ताव गर्ने र सांसद मेटमणि चौधरी र सर्वेन्द्रनाथ शुक्लाले समर्थन गर्ने कार्यसुची रहेको संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?