काठमाडौं । काठमाडौं क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले शुरुवाती अग्रता कायम राखेका छन् ।
प्राप्त जानकारी अनुसार केहीबेरअघिको मतपरिणाम अनुसार सिंहले ७ सय ५४ मत प्राप्त गरेका छन् । यता राप्रपाका रवीन्द्र मिश्रले ६ सय ८० मत प्राप्त गरेका छन् । यता नेकपा एमालेका किरण पौडेल ४ सय ९६ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् ।
त्यसैगरी सुशासन पार्टी नेपालका तर्फबाट रमेश खरेलले १ सय २५ मत प्राप्त गरेका छन् ।
यद्यपि संघीय संसद भवन नयाँ बानेश्वरमा मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया