अझै निर्वाचन लड्ने जिल्ला खोज्दै रवी लामिछाने !

लोकपथ
287
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने अझै निर्वाचन कहाँबाट लड्ने भन्ने दोधारमा देखिएका छन् ।

यसअघि काठमाडौं, चितवन या काभ्रेसहित अन्य जिल्लाबाट समेत चुनाव लड्ने चर्चा चले पनि अझै कहाँबाट लड्ने भन्ने पक्का भने भएको छैन ।

उनी चितवन क्षेत्र नं २ बाट चुनाव लड्ने तयारी गरिरहेको र आज मनोनयन दर्ताका लागि चितवन पुगेको भन्ने सामाजिक सञ्जालदेखि सञ्चार माध्ययममा चर्चा चल्न थालेको छ ।

तर राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले भने अझै कहाँबाट चुनाव लड्ने भन्ने पक्कापक्की नभएको लोकपथलाई जानकारी दिए ।

उनले भने, ‘अहिलेसम्म कहाँबाट लड्ने भन्ने पक्का भएको छैन । ’
आज मनोनयन, अझैसम्म निर्वाचन क्षेत्र फिक्स नभएको कि जिल्ला नै ? भन्ने लोकपथको प्रश्नमा उनले भने, ‘अहिलेसम्म जिल्ला नै फिक्स भएको छैन । केही बेरमा थाहा होला ।’

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्र चितवन–३ बाट निर्वाचन लड्ने संकेत गरेका थिए । तर प्रचण्ड चितवन छाडेर गोरखा गएसँगै लामिछाने भने निर्वाचन क्षेत्रको खोजिमा लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?