नागरिकताबाहेकका विषय कार्यसूचीबाट हटाइयो, विधेयकमाथि छलफल सुरु

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकको कार्यसूचीबाट नेपाली नागरिकता विधेयकबाहेकका विषय हटाइएको छ । प्रतिनिधिसभा बैठकले ‘फास्ट ट्रयाक’ बाट सो विधेयक पारित गराउने उद्देश्यसहित अन्य विषय कार्यसूचीमाबाट हटाइएको हो ।

शुक्रबारको बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयकसहित अन्य विषय पनि समेटिएको थियो । तर, बैठक बस्ने बेलामा नागरिकता विधेयकबाहेकका विषय हटाइएको हो । अहिले नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफल चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?