काठमाडौं । किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार दोलखाको गौरीशंकर गाउँपालिका-८ घर भएका टिपरका चालक ३२ वर्षीय ज्ञानबहादुर नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त टिपरमा चढि आएकी ती किशोरीलाई घर पुर्याइदिने बहाना बनाई रा.१ ख २७३४ नम्बरका टिपर चालक नेपालीले जबरजस्ती करणी गरेको आरोप छ । चन्द्रगिरी नगरपालिका-७ थानकोटमा पार्किङ गरी टिपर चालक नेपालीले शुक्रबार राति जबरजस्ती करणी गरी टिपर समेत छाडी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-१४ कलंकीबाट पक्राउ गरेको हो ।
उनीमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त भई करणी सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया